

प्रधानसेनापति शर्मा आज स्वदेश फर्कँदै

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कने भएका छन् । लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका पुगेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्कन लागेका हुन् ।
अमेरिका भ्रमणका रहँदा उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेको सैनिक मुख्यालयले जनाएको छ । भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसँग पनि गरे ।
यस्तै उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।
यसअघि प्रधानसेनापति शर्माले लेबनान र सिरियाको भ्रमण गरेका थिए ।