

दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

न्युयोर्क । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ ।
अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् ।
गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए । बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुबै दम्पत्तिमाथि धेरै अपराधको अभियोग लागेको थियो ।