कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी घरको चार तलाबाट खसेर घाइते

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलाबाट खसेर घाइते भएकी छन्।

५० वर्षीया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुरुमा उनलाई मनमोहन अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि ट्रमामा पठाइएको थियो। उनको अहिले ट्रमा सेन्टरको सघन उपचार कक्ष ( आइसीयू)मा उपचार भइरहेको छ।

उनको शरीरको धेरे ठाउँमा चोट देखिएको उपचारमा संलग्न डा पवन हमालले जानकारी दिए। डा हमालका अनुसार उनको दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको छ। यस्तै कम्मरको हड्डी पनि भाँचिनुका साथै अनुहारमा पनि चोट लागेको छ।

‘अनुहारसहित मल्टिपल इन्जुरी देखिएको छ। एक हप्तासम्म क्रिटिकल केयर गर्नुपर्ने अवस्था छ,’ डा. हमालले भने।

घाइते संज्ञाको ट्रमा सेन्टरका प्रमुख डा प्रमोद जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ। उनको उपचारमा क्रिटिकल केयर टिम, न्यूरो सर्जरी टिम, अर्थोपेडिक्स, म्याक्जेलियोफेसियल लगाएत सम्पूर्ण टिम खटिएको डा हमालले जानकारी दिए।

यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्। मंगलबार बिहान अस्पताल पुगेर उनले छोरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *