पाल्पाको रम्भामा दोहोरिए भण्डारी, पालिका अध्यक्ष उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले पुनः जित हात पारेको छ ।

सम्पन्न मतगणनामा एमाले उम्मेदवार विष्णुप्रसाद भण्डारी अध्यक्ष निर्वाचित भएका हुन्। उनले पाँच हजार पाँच सय ८३ मत ल्याएका छन्।

यहाँ सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारी अध्यक्षमा पराजित भए।उनले चार हजार पाँच सय ४२ मत ल्याएका छन्।

उपाध्यक्षमा राधादेवी श्रेष्ठले पाँच हजार सात सय १९ मत ल्याएर जितेकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत ल्याएका थिए।

रम्भा गाउँपालिकामा २ वडाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ भने ३ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

भण्डारी यसपटक रम्भा गाउँपालिकामा दोस्रो पटकका लागि निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *