बुटवलमा इतिहास रच्दै पाण्डेय, मेयरमा कांग्रेस र उम्मेदवारमा एमालेको जित पक्का



रुपन्देही – रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ ।

बुटवल वडा नंं ११ को ४ हजार ५ सय मत गन्न बाँकी छँदा पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वडा र गणना सम्पन्न हुँदा खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

बुटवल ११ मा १० हजार ३५३ मत खसेकोमा अब ४५ सय मत गन्न बाँकी छ । ५९ सय मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ ।

यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

मेयरमा कांग्रेस उम्मेदवार विजयी भएसँगै बुटवलमा एमाले नेता विष्णु पाैडेलले ठूलो हार ब्यहाेरेका छन् । यस हारलाइ एमाले कार्यकर्ताले पाैडेलको हार भएको चर्चा गरिरहेका छन् ।