सिआर–भि १.६ टर्भो साथ होन्डाको अर्को कार नेपाली बजारमा

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ इन्जिनसहित होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० माहाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यानआकर्षण गर्नेछ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड लिड हेड ल्याम्पस्, इनलाइन लिड फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्गगियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७जना सम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *