सिटिजन्स बैंक र तिनाउ मिसन मर्जसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र तिनाउ मिसन डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले ‘ख’ वर्गको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौता गरेको छ ।

आइतबार तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सिटिजन्स बैंकका तर्फबाट प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका थिए ।

मर्ज भइसकेपछि यस बैंकको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने कर्जा लगानी ९८ अर्बरुपैयाँ हुनेछ । त्यस्तै देशभर कुलशाखा १६४ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *