सिटिजन लाइफले मनायो तेस्रो वार्षिकोत्सव



काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यका साथ अघि बढ्दै सफलताको तेश्रो वर्ष पुरा भएकोमा नियमनकारी निकायहरु, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, अभिकर्ता, कर्मचारी तथा सञ्चारकर्मी सबैसँग साथ र सहयोगको अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

अहिलेको यस विषम् परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ समेत सार्वजनिक गरेको छ ।

सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्ने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको छ ।