१२ वर्षीया छोरीको हत्या गर्ने आमा पक्राउ

रुपन्देही । आफ्नै छोरीको हत्या गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बाणगंगा नगरपालिका १ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।

छोरीको हत्यापछि शव लुकाउन जाँदै गर्दा नेपालीलाई शसस्त्र प्रहरीले व्यास क्याम्प पिपरा नजिकबाट प्रकाउ गरेको छ।

छोरीको हत्यापछि शव बगाउन कोठीखोला नदीतर्फ जाँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

नेपालीले आफ्नी छोरीको हत्या गर्नुको कारण खुलेको छैन। ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ,’ भण्डारीले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *