नेपाली सेनाका २५ लेफ्टिनेन्ट कर्णेलहरूको सरूवा, काे-कहाँ पुगे ?

काठमाडाैं । नेपाली सेनाले २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ ।

सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको नं. २४ वाहिनी अड्डा, उत्तम सापकोटाको सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय र मनोज गुरुङको सैनिक कमान्ड तथा स्टाफ कलेजमा सरुवा भएको छ ।

यस्तै, अमरजंग थापा र विशाल थापाको सैनिक कमान्ड तथा स्टाफ कलेज, प्रज्ज्वल थापाको नं. १८ वाहिनी अड्डा, केशव रायमाझीको निरीक्षण निर्देशनालय, मिलनध्वज खाँणको सैनिक इन्जिनियरिङ कोर (काज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय), जनककुमार बस्नेतको शान्ति कार्य निर्देशनालय, अर्जुन विक्रम थापाको प्रबन्ध रथी विभाग (सैनिक बन्दोबस्ती कोर) मा सरुवा गरिएको छ ।

प्रमुख सेनानीहरु नरोत्तम पौडेलको सैनिक इन्टेलिजेन्स कोर, अर्जुन बोहराको आपूर्ति तथा परिवहन निर्देशनालय, ईमेश मेहर श्रेष्ठ गणपति, अरिदमन गण, सुनिल सुवेदी गणपति, रणशार्दुल गण, अशोक खड्का गणपति, अर्नुनवाण गण, रुपक थापा गणपति, नयाँ सबुज गणमा सरुवा भएको छ ।

यस्तै, ज्ञानकाजी श्रेष्ठ गणपति, गोरखदल गण, प्रेमबहादुर गिरी गणपति दुर्गाबक्स गण, फणिन्द्र थापा गणपति नयाँ श्रीनाथ गण, महेश्वर सिल्वाल गणपति इन्द्रध्वज गण, रामज्योति बोहरा गणपति कालीभन्जन गण (ई.) र सुजन गुरुङको गणपतिको रुपमा गोरखनाथ गणमा सरुवा भएको छ ।

हाल सैनिक कमान्ड तथा स्टाफ कलेजमा रहेको प्रमुख सेनानी सुरज वैदवारको भने काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनामा सरुवा भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *