

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ ।
अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेकाे छ।
१६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।