संगठन विस्तारका लागि समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठक बोलाएका छन् ।

बुधवार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए। उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन्। सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ।

‘संगठन विस्तार अभियान अन्तर्गत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरूलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्,’ महासचिव भुसालले भने, ‘वडा कमिटीहरू पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *