पार्टी सनाखतका लागि चन्द्रागिरीबाटै निर्वाचन आयोग जाँदै माधव नेपाल पक्ष

काठमाडौं । सोमबारदेखि चन्द्रागिरीस्थित पार्टीको बैठकका लागि चन्द्रागिरी रिसोर्टमा बसेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरु आज निर्वाचन आयोग जाने भएका छन् ।

एमालेसँगको विभाजनपछि नयाँ पार्टी दर्ताका लागि आन्तरिक छलफलका लागि आफूपक्षीय केन्द्रीय सदस्य र सांसदहरु लिएर चन्द्रागिरी रिसोर्टमा पुगेका प्रस्तावित पार्टी अध्यक्ष माधवकुमार नेपालसहित आज निर्वाचन आयोगमा सनाखतका लागि जाने भएका हुन् ।

केन्द्रीय कमिटी बैठकपछि चन्द्रागिरीबाटै निर्वाचन आयोगमा जाने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए । उनका अनुसार निर्वाचन आयोगले बुधबार बिहान ११ः३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएपछि आपूmहरु १० बजे अघि नै केन्द्रीय समिति बैठक सकेर आयोग जाने तयारी गरेको बताए ।

प्रस्तावित अध्यक्ष नेपाल आयोग जाने समयमा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन्। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको पनि एमाले स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *