

सार्वजानिक भयाे प्रहरीको नयाँ तलबः कसको कति ? (सूचीसहित)

काठमाडौं – यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ । यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको छ । नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ ।
आईजीपी र एआईजीको तलब स्केल बराबर छ । यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६६ हजार ८६० तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३०१ रुपैयाँ तलब पुर्याइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५५ हजार ९६४ रुपैयाँ तथा प्रहरी उपरीक्षक (एसपी) को ५३ हजार ४० रुपैयाँ तलब कायम गरिएको छ ।
यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)को तलब ४९ हजार ४४५, प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ४८ हजार १२६ तथा प्रहरी नायब निरीक्षक (सई) को ३८ हजार २५६ रुपैयाँ बनाइएको छ । यस्तै प्रहरी सहायक निरीक्षक (असई) को तलब ३५ हजार २ सय ४१, प्रहरी हवल्दारको २९ हजार ६१७ र प्रहरी जवानको २८ हजार ७३६ रुपैयाँ तोकिएको छ ।