

सनराइज बैंकको २ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौं, २९ साउन । सनराइज बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले थप २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
त्यसै गरीे गत हप्ता बैंकले बाग्मती प्रदेश, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.१२ गौरीबेशीमा ८३ औं गरी थप १ शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको थियो । सो शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८४ पुगेको छ ।
बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायि श्रीमती कविता जि.शी भाट र गौरीबेशीका श्री रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।