

मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका इन्स्पेक्टर वाग्लेको निधन

नवलपरासी । मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको निधन भएको छ ।
बर्दघाट चौकीदेखि करिब दुई सय मिटर पूर्व राजमार्गमा पैदल हिँड्दै गरेका वाग्लेलाई सोमबार राति ८ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते वाग्लेको उपचारका क्रममा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा राति १२ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक सुनवल १ निवासी दिपेन्द्र पुन मगर पनि घाइते भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।