

यस्ता छन् देउवा मन्त्रिपरिषद्ले गरेका मुख्य आठ निर्णय

काठमाडौं । सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।
सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कार्कीका अनुसार मुख्य निर्णय यस्ता छन्–
हेल्लो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासनिक समितिमा पठाउने निर्णय भएको छ ।
आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ ।
बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुुर बोगटीलाई अधिकारी तोकेको छ ।
परराष्ट्र सेवा राजपत्रांकृत द्वितीय सेवाका उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीको बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले गृहमन्त्रालयको सचिवमा टेकनारायण पाण्डे, रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याल, सञ्चार मन्त्रालयमा वैकुण्ठ अर्याल, प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालय र कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।