देशभर १६५९४ परिक्षणमा थप ३६५१ मा कोरोना संक्रमण, २२ को मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २६०९ जना र एन्टिजेन परीक्षणबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १६ हजार ५९४ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ४४५ र एन्टिजेन परीक्षण ६  हजार १४९ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १७८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट  २२ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख १७ हजार ४८६ जना र एन्टिजेन ६९ हजार  ५२० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख  ७१ हजार ८३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ११५ पुगेको छ ।