

अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार दिउँसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै चारै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको र प्रत्यक्षदर्शीहरूलाई सोधपुछ सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्छ । एजेन्सी