

अत्यधिक गर्मीका कारण टर्कीकाे जंगलमा आगलागी, सात जनाको मृत्यु

काठमाडौं – टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएको आगलागीका कारण सयौं बिस्थापित भएका छन् ।
हाल ८८ वटा क्षेत्रको आगलागी नियन्त्रणमा लिइएको छ । टर्कीमा बर्षेनी गर्मीका कारण मानिसको ज्यान जाने गरेको छ । त्यहाँको तापक्रम अहिले ४८ डिग्री पुगेको छ ।
अत्यधिक गर्मीकै कारण कलेज र बिद्यालयहरु बन्द गरिएका छन् । टर्कीका जंगल आसपासका बस्तीहरु खाली गरिएका छन् । केही घरहरु पनि जलेर नष्ट भएका छन् । बिगत एक साता देखि जारी गर्मी केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।