

ललितपुर महानगरकाे २९ वटै वडामा आजदेखि भेरोसेल खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।
साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन्।
महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।