विधानविपरित अघि बढ्दै साउदी एनआरएन, मतदाता सूचीमा मनोमानी ढंगले काटछाँट

अनियमितता गर्दै १७ दिनपछि मतदाता नामावली प्रकाशन



काठमाडौं । नेपालबाट विदेश गएर बसोबास गर्दै आइरहेका गैरआवासीय नेपालीहरुको संस्था (एनआरएन) नेतृत्वका लागि हुन गइरहेको अथवा सम्पन्न निर्वाचनमा विभिन्न विवादहरु देखिएको छ ।

गैरआवासीय आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब परिषद्ले विधानविपरित काम गरेको भन्दै नेपाली जनसम्पर्क समितिले छानबिनको माग गरेको छ । परिषद्ले आफ्नै विधान र जारी निर्देशिकाविपरित काम गर्दै निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता गरेको जनाउँदै जनसम्पर्क समितिले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

जोन अर्यालको संयोजकत्वमा गठित साउदी एनआरएनको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन समिति सदस्यमा नारायण पासवान र रमेश भण्डारी रहेका छन् । उनीहरुले निर्वाचनको निर्धारित समयतालिकालाई प्रत्यक्ष प्रभावित पार्दै स्थानीय र क्षेत्रीय समितिको अधिवेशन नगराई विधानविपरित राष्ट्रिय अधिवेशनको तयारी गरिएको, निर्वाचन तालिका र मतदाता सूची प्रकाशन नगरेको, नामावली प्रकाशनमा अनियमितता गरेको र कतिपय सदस्यहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि बञ्चित गरिएको जस्ता क्रियाकलाप गरेकोले सो सम्बन्धी निष्पक्ष छानबिनको माग गरिएको छ ।

विधानमा धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पंजीकृत सदस्य बराबर १ जनाको अनुपात मा महाधिबेसन प्रतिनिधि चयन गरिनेन छन् जसको चयन सम्बन्धित क्षेत्रिय समितिले आफ्नो मातहत मा रहेको स्थानिय समितिहरु संगको छलफल र सहमतिमा सदस्यहरुको बरियता क्रम तथा अनुभबलाइ प्राथमिकताको आधार मान्दै गर्नेछ। सो सुचीलाइ राट्रिय समन्वय समितिले पमणिकरण र रुजु गरि अन्तिम रुप दिनेछ र निर्बाचन समितिलाई उपलब्ध गराउने उल्लेख भए पनि निर्वाचन समितिले मनोमानी ढंगले प्रक्रिया अघि बढाइरहेकोले यथाशीघ्र निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरिएको छ ।

समितिले स्वयमले जारी गरेको समय तालिका बमोजिम गतः ९ जुलाइ २०२१ (निर्वाचन कार्य तालिका तथा आचार संहिता बुंदा नम्बर ४) मा सार्वजनिक गरिएको मतदाता सूची निकै ढिला गरी हिंजो २६ जुलाइमा सार्वजनिक गरेको, सूची अधुरो, अपुरो र अस्पस्ट रहेको, सम्पूर्ण मतदाताहरूको संख्या र नामावली अझै सार्वजनिक नभएको जनाइएको छ ।

यसअघि एनआरएन बेल्जियममा पनि सदस्य बितरण तथा नबिकरण समितिको संयोजक तिर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगाएतले एक पक्षिय नामको मात्रै रूजु भएको भन्दै विवाद देखिएको थियो ।

नेपाली जनसम्पर्क समितिको विज्ञप्तिः

“गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दछौं”
बिदेशमा रहेका सारा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको मातहतमा रहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नै बिधान र जारी निर्देशिका एवं समय तालिका समेतको उलंघन गर्दै एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भिर अनियमितता गरेको नेपाली जनसंपर्क समिती साउदी अरबको ठहर रहेकाले गठित निर्बाचन समिति (संयोजक जोन अर्याल र सदस्यहरूमा नारायण पासवान र रमेश भण्डारी रहेको समिति) बाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न गराउन जोडदार माग गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि पत्राचार गरिएको कुरा साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दछौं ।
अनियमितताहरूः
१.स्थानिय, क्षेत्रिय र राष्ट्रिय समिति सबै तहका अधिवेशनमा नयां कार्य समिति चयन गर्नका लागि प्रथमतः बिधान बमोजिमको मतदाता सूचि अधिवेशन तथा निर्वाचन समय तालिका बमोजिम सार्वजनिक हुनुपर्नेमा स्थानिय र क्षेत्रिय समितिका कुनै पनि तहको निर्बाचन मतदाता सूची प्रकाशन नगरिकनै अधिवेशन गरिएको ।
२.प्रत्येक क्षेत्रिय समितिहरूको अधिवेशन सुसम्पन्न गरेपछि मात्रै राष्ट्रिय समन्वय परिषदको अधिवेशन गर्नुपर्ने (बिधानमै लेखिएको)मा मध्य क्षेत्र रियाध (राजधानी शहर)को क्षेत्रिय समितिको अधिवेशन आह्वान गरिएता पनि स्वेच्छाचारी ढंगमा बिधान बिपरित अधिवेशन स्थगित गरी राष्ट्रिय अधिवेशनमा गएको । क्षेत्रकै निर्वाचन गराउन असफल र असक्षम ब्यक्तिहरू नै राष्ट्रिय अधिवेशन गराउन लागेको, राजिनामा नगरेको ।
३.निर्वाचन समिति स्वयमले जारी गरेको समय तालिका बमोजिम गतः ९ जुलाइ २०२१ (निर्वाचन कार्य तालिका तथा आचार संहिता बुंदा नम्बर ४) मा सार्वजनिक गरिएको मतदाता सूची निकै ढिला गरी हिंजो २६ जुलाइमा सार्वजनिक गरेको, सूची अधुरो, अपुरो र अस्पस्ट रहेको, सम्पूर्ण मतदाताहरूको संख्या र नामावली अझै सार्वजनिक नभएको ।
४.प्रकाशित मतदाता सूची समेतमा ब्यापक रूपमा मनोमानी र धांधली भएको, निर्वाचन समितिले नचाहेका, फरक र स्वतन्त्र बिचार राख्नेहरू (बिशेष गरि राजनीतिक दलका भात्री संगठनका सदस्यहरु) लाइ मतदानको अधिकार बाटै समेत बञ्चित गरिएको ।
यसर्थ, बर्तमान निर्वाचन समितिले उल्लेखित बुँदाहरुलाइ तत्काल सच्याएर महाधिवेसन प्रक्रियामा अघि बढोस र यसमा मध्यपूर्व क्षेत्रीय संयोजक ज्यु लगायत आइसीसी अध्यक्ष ज्यु र सिंगो गैर आवासीय नेपाली संघको ध्यानाकर्षण होस् भन्ने हाम्रो माग र अनुरोध छ । यस बिषयमा गैर आवासीय नेपाली संघ साउदी अरब, बर्तमान निर्वाचन समिति, मध्यपूर्व संयोजक, आइसिसी अध्यक्ष लगायत अन्य आइसीसी लेभलका जिम्मेवार पदाधिकारीहरुले बेवास्ता गरि पेलेरै जाने, साउदी अरबमा रहेका कुनै पनि राजनीतिक दलका भात्री संगठनहरु लगायत नेपाली संघ संस्थाहरुसंग समन्वय तथा सहकार्य नगरी अगाढी बढ्ने नियत लिएमा र आइसिसीले समेत यस्ता कुप्रबृत्ती र अनियमितताहरूलाइ स्वीकार्दै, मान्यता दिंदै गएको खण्डमा भने नेपाली जनसंपर्क समिती साउदी अरबले यो संस्थालाइ नै नमान्ने र यसलाइ समाजबाटै बहिस्कार गर्न बाद्य हुनेछौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौँ महाधिवेसनमा समेत नेपाली जनसंपर्क समिती साउदीअरबको सहभागिता / उपस्थिती नहुने ब्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं र एन.आर.एन.ए. साउदी अरब भित्र देखिएको चरम ब्यक्तिबादी सोच, केही ब्यक्तिहरुको मनोमानीतन्त्र र बिधी बिधान बिपरित हुँदै गरेको महाधिबेशन लगायत अन्य कार्यहरुको हाम्रो बिरोध र खबरदारी सधैं रहनेछ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

– नेपाली जनसंपर्क समिति साउदि अरब