

जुवा खालबाट दुई वडाध्यक्षसहित १५ जना पक्राउ

हुम्ला – हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरी चौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ ।
नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्य चौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।