

तालिबान विद्रोही नेताहरू चीन भ्रमणमा

काठमाडौं – अफगानिस्तानका विद्रोही समूह तालिबान र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिबान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो ।
बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको थियान्चिन सहरमा वार्ता गरेको तालिबानलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन र तालिबानबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ । एजेन्सी