

अखिल फोर्सको राष्ट्रिय भेलामा नेता नेपालले सम्बोधन गर्दै

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए । उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्नेछन् ।
उक्त भेलाको तयारीस्वरुप आज (बिहीबार) उपत्यकास्तरीय विशेष भेला राखिएको पराजुलीले जानकारी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो ।