

तपाईंलाई जीवन विकास लघुवित्तको शेयर परेको छ त ? कहिलेदेखि कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको धितोपत्र बोर्डमा शेयर सूचीकृत भएसँगै बिहीबारदेखि कारोबार हुने भएको छ ।
नेप्सेले बुधबार जीवन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ ।
पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ ।