

देउवा सरकारमा छिट्टै सहभागी बन्छौं : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।
सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् ।
उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।