

सुनको मूल्यमा बढ्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । गत आइतबारको तुलनामा आज १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार हुने भएको छ ।
आज तेजावी सुन ९१ हजार ६०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।