

बगदादको व्यस्त बजारमा बम बिष्फोट, २५ जनाको मृत्यु

बगदाद – इराकको राजधानी बगदादमा भएको बम बिष्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । घटनामा दर्जनौं घाइते भएका बिबिसीले जनाएको छ ।
इद पर्वको लागि किनमेल भइरहेको बेला इराकको उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिष्फोट भएको हो । मंगलबार भएको यो विष्फोटलाई पछिल्लो ६ महिनामा भएका विष्फोटमध्ये सबैभन्दा घातक मानिएको छ । विष्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।
इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । पछिल्लो केही समययता यो समूहले बगदादमा सानातिना घटनाहरू गराउँदै आएका थिए । गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो ।
उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ । त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमण थियो । एजेन्सी