शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरुले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।


यस्ताे छ देउवा प्रधानमन्त्री बनेपछि आज बस्ने पहिलो संघीय संसदको अधिवेशनको कार्यसूची

काठमाडौं । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज संघीय संसदको आठौं अधिवेशन बस्दैछ ।
सर्वोच्चको आदेशपछि गठित शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुबै सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।
पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।
असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
यस्तो छ आजको सम्भावित कार्यसूची
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।
