

केडीसी जनरल अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कार्की

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित केडीसी जनरल हस्पिटलको नयाँ मेडिकल डाइरेक्टरको रूपमा डा. बिक्रम कार्की नियुक्त भएका छन् । कान्तिपुर डेन्टल कलेज बसुन्धराद्वारा सञ्चालित रहेको उक्त १०० बेडको हस्पिटलको सञ्चालक समितिले डा. कार्कीलाई शुक्रबार मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो ।
कार्कीको स्वागतार्थ एक कार्यक्रमको आयोजना गर्दै केडीसी जनरल हस्पिटल बसुन्धराका अध्यक्ष तथा समाजसेवी डा. बुद्धिमान श्रेष्ठले डा. कार्कीको यस हस्पिटलमा आगमनसँगै हस्पिटलले नयाँ उचाई लिने र सेवालाई अझ उच्च रूपमा प्रदान गर्न सकिने बताए । उनले हस्पिटलले विहान ७ बजे देखि बेलुका ७ बजेसम्म जनरल ओपिडी चलाएर सर्वसाधारणहरूलाई सेवा दिने समेत जानकारी दिए ।
डा. श्रेष्ठले उक्त अबसरमा केडीसी जनरल हस्पिटलले कोभिड – १९ को पहिलो तथा दोस्रो लहरका बेला पनि विरामीको उपचारमा तल्लीन रहदै निरन्तर सेवा प्रदान गर्दै आईरहेको र कोरोनाबाट संक्रमित भई गम्भीर रूपमा बिरामी भएकाहरू पनि यस हस्पीटलमा उपचार गरेर स्वस्थ भई घर फर्केको जानकारी दिंदै हाम्रो हस्पीटलको सेवा उत्कृष्ट तथा सर्वसुलभ पनि रहेको पनि भनेका छन्।
१७ बेडको आईसियु र कोभिड परिक्षणका लागी पिसिआर ल्याबसमेत रहेको हस्पीटलमा क्रेनियो म्याक्जिलोफेसियल ट्रमा सेन्टर समेत स्थापना गरि सेवा प्रदान गराको छ भने केडीसी जनरल हस्पिटलमा हाल प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, अर्थोपेडिक, ड्रमाटोलोजी, इएनटी, कार्डियोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, न्युरोसर्जरी न्युरोलोजी लगायतका सेवाहरू उपलव्ध छन्।
यसैगरी प्याथोलोजी र फिजिओथेरापी समेतका सेवा पनि उपलव्ध भएको हस्पिटलद्वारा जानकारी गराईएको छ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर दन्त तथा मुखको उपचारबिधिमा देशकै उत्कृष्ठ संस्थाको रुपमा परिचित रहि बिभिन्न ठॉउमा सेवा दिदै आईरहेको छ । शुक्रबार हस्पीटलमा सम्पन्न कार्यक्रममा बोल्दै समाजसेवी तथा अस्पतालका अध्यक्षा डा. श्रेष्ठले केडीसी जनरल हस्पिटललाई पनि हामी कान्तिपुर डेन्टल हस्पीटल जस्तै उत्कृष्ठ बनाएर जनताको सेवामा सुलभ सस्तो र भरोषा योग्य सेवा दिने योजनाका अघि बढेको बताए ।