

नेपालमा कोरोना संक्रमित संख्या २१ हजार नाघ्यो, १५ हजार भन्दा बढी कोरोना मुक्त

काठमाडौं । नेपालमा आज थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको प्रवक्ता डा। गौतमले बताए । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।