

विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको डब्ल्युएचओको दावी

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको दाबी गर्दै यसले भयावह रुप लिने चेतावनी दिएको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरु प्रभावित हुनसक्ने बताएका हुन् ।
बिगतको १० साता विश्वभर संक्रमण दर घटेका बेला पछिल्लो समय यो भेरिएन्ट निकै सक्रिय रहेको अनुसन्धानबाट खुलेको भन्दै गेब्रेसियसले नियन्त्रणका लागि तयारी रहन निर्देशन दिएका छन् । यो भेरिएन्टले कोरोनाको खोप नलगाएका व्यक्तिहरु बढी संक्रमित हुने गरेको भन्दै खोप अभियानमा तीव्रता दिन उनले सुझाव दिएका छन् ।