

कमला घिमिरे र खेम सेञ्चुरीको ‘हान्छु तिम्लाई लौरीले’ बजारमा (भिडियोसहित)

काठमाडौं । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको हो ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गरेका छन् ।
सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शकस्रोताले गत वर्ष रुचाएका थिए ।
यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताए ।
भिडियोः