

कालीगण्डकी डाइभर्सनबारेको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । कालीगण्डकी नदी डाइभर्सनको बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको उक्त रिटमा राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रलाय र लुम्बिनी प्रदेश सरकारलाई विपक्षी बनाइएको छ।
त्यस्तै, व्यक्तिगत रुपमा विष्णु पौडेललाई समेत रिटमा विपक्षी बनाइएको छ।
अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका हुन्।