

‘दोस्ताना-२’मा कार्तिकको स्थानमा अक्षय कुमार

मुम्बई – निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारीमा छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए ।
कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् । फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको बताइएको छ ।
अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् । त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ । यसको अलवा अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र ‘अतरन्गी’मा समेत रहेको छ ।