

छलफलमा जुट्दै जसपाको महन्थ पक्ष

काठमाडौं – सर्वाेच्च अदालतको आदेशसँगै आफ्ना ११ मन्त्री एकैपल्ट पदमुक्त भएपछि भर्खर मात्र सरकारमा गएको जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष छलफलमा जुट्ने भएको छ ।
आज दिउँसो १ बजे बबरमहलमा भेला भएर अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने महन्थ पक्षका एक नेताले जानकारी दिए । जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा नौं मन्त्री र दुई राज्यमन्त्री बनेका थिए ।
तर दोस्रोपल्ट संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवक तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दामा सहभागी हुँदै विपक्षी गठबन्धनमा लागेको छ ।
जुन मुद्दाको बहस अहिले सर्वाेच्च अदालतमा चलिरहेको छ । जसपाका ठाकुर र यादव पक्षले एकअअर्कालाई पार्टीबाट निष्कासन गर्दै आफू आधिकारिक पार्टी भएको दाबी निर्वाचन आयोगमा प्रस्तुत गरिरहेका छन् ।