

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा २ सय रुपैंयाँ घट्दै ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोलाको एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।