बौंदीकालीको बजेट ३९ करोड ३७ लाख, विधुर पुरुषलाई भत्ताको व्यवस्था (पूर्णपाठसहित)



बौंदीकाली । नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौदीकालीमा आगामी वर्षका लागि बजेट पेश भएको छ । आर्थिक बर्ष २०७८/७९ को लागी गाउँपालिकाकी उपाध्यक्ष मायादेवी श्रेष्ठले ३९ करोड ३७ लाख १० हजार रूपैयाँ बराबरको बजेट पेश गरेकी हुन् ।

गाउँपालिकाको आगामी वर्षको बजेटमा गाउँपालिकाभित्र चक्रपथ निर्माणका साथै रंगशाला बनाउनेसम्मका बजेटहरुलाई समेटिएको छ । त्यस्तै गाउँपालिकामा १५ शैय्याको अस्पतालका साथै कृषि क्षेत्रमा विशेष योजना बनाएर समेटिएको छ ।

साथै गाउँपालिकाले विधुर पुरुषहरुलाई पनि भत्ताको व्यवस्था गर्ने जनाएको छ । त्यसका साथै ८५ वर्ष माथिका नागरिकहरुलाई चाडपर्व भत्ता पनि उपलब्ध गराउने योजना गरेको छ ।

उक्त बजेट पेश गर्ने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाका साथै प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ बजेटको पूर्णपाठः