

भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाहरुकाे प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।