

बुटवलमा संक्रमितले गरे अस्पतालमै आत्महत्या

बुटवल । रुपन्देहीको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।
सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।
वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।