

कोरोना जाेखिम बढेसँगै मनकामना मन्दिर बन्द !

गोरखा – प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । कोरोना संक्रमण जोखिम बढेसँगै मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बन्द गर्ने निर्णय गरेको थियो ।
सोहि अनुसार आजबाट मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिएको भएको हो । मनकामना क्षेत्र विकास समितिका अनुसार बिहिबारदेखी नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने भएको छ ।