‘पर्यटन प्रवर्धनको लागी सङ्गीत’ भुगाेलकाे ‘उडान’ (भिडियाेसहित)



काठमाडाैं – गायक एवं संगीतकार भुगोल आर दाहालकाे नयाँ गीत ‘उडान’ सार्वजनिक भएकाे छ । नयाँ वर्षकाे अवसर पारेर ‘पर्यटन प्रवर्धनको लागी सङ्गीत’ अभियान स्वरूप ल्याइएकाे गीतमा शब्द युवा गितकार निमुखा युवराजकाे रहेकाे छ ।

गीतलाई गोपाल रासैलीकाे संयोजनमा मिक्सिंग र मास्टरिङ् महेश्वरश्वर राजभण्डारी (ध्वनि मिल स्टुडियो)ले गरेका छन् । नेप्ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएकाे गीतमा फुर्बा पाख्रिनले रेकर्ड गरेका हुन् ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख,शान्ती,समृद्दी,प्रेमको कामना सहित नयाँ वर्ष २०७८ सालको हार्दिक मङ्गलमय शुभकामना दिँदै गायक दाहालले ‘उडान’ सार्वजानिक गरेका हुन् ।

उनले गीत लेख्ने,संगीत भर्ने, गाउने कामसँगै यही गीतमार्फत निर्देशन पनि सुरू गरेकोे जानकारी गराएका छन् ।  गीतमा कन्याम, श्रीअंतु, सुन्दरपानी, सिम्पनी, स्वामी पार्क, पाठीभारा मन्दिर, टिन्टाल झर्ना, फिक्काल, काठमाडौं लगायतका विभिन्न ठाँउ भिडियो मार्फत देखाइएकाे छ ।

भिडियोमा गायककाे आफ्नै निर्देशन रहेकाे छ भने मिसेक लिम्वुले छायांकन गरेका छन् । प्राेड्युसर युवराज प्रधानले गरेकाे भिडियाेमा दृश्य सम्पादन निशांत राणाले गरेका हुन् । अतिथि कलाकार विजय बराल, प्रियंका शमी संग्राैला र साेहम श्री दाहाल देखाइएकाे यो भिडियाेमा  धेरै कलाकार देख्न सकिन्छ ।

गायककाे आफ्नै  अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। उनले यो नयाँ वर्षले सबैको जिवनमा प्रेमको उडान भर्ने अपेक्षा गरेका छन् ।

भिडियोः