पूर्वराजा ज्ञानेन्द्रसहित एकैदिन थप १७३६ मा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । गत २४ घन्टामा नेपालमा थप एक हजार  ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।

गत २४ घण्टामा २५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १०२ जना पुगेको छ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहका दम्पतीमा कोरोना पुष्टी भएको छ । त्यस्तै अभिनेत्री केकी अधिकारीलाइ पनि कोरोना पुष्टी भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *