नेपालको उत्कृष्ट ब्याटिङ, २०७ रनको लक्ष्यसहित नेदरल्यान्ड उत्रियो ब्याटिङमा



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएसँगै नेपालले नेदरल्यान्डलाई २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशल ६२ रन बनाए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले ६० रन बनाए ।

त्यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने कुशल मल्लले १८ रन बनाए । त्यस्तै सोमपाल कामीले २१ रन बनाउँदै नटआउट रहे । नेपालका लागि अर्का ओपनर आशिफ शेख शुन्य रनमा आउट हुँदा विनोद भण्डारी ७ रन र करण केसीले १ रन बनाए । नेपालले १७ अतिरिक्त रन पाएको थियो ।

नेदरल्यान्डसका लागि विभियान किंमा र पिटेर सेइलरले २÷२ विकेट लिए भने बास डेलेडे र आर्यान दत्तले १÷१ विकेट हात पारेका छन् ।