मुख्यमन्त्रीमा नेपालीको नाम प्रस्ताव गर्दै गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन्।

२८ सांसदले हस्ताक्षर गरी दर्ता गराएको प्रस्तावमा नयाँ मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको नाम राखिएको छ। उनी नेपाली कांग्रेसका संसदीय दलका नेता हुन्।

प्रदेशसभाको अधिवेशन गएरातिदेखि अन्त्य भए पनि संयुक्त अविश्वास प्रस्ताव दर्ता भएको हो। कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद रहेका छन्। प्रदेश सभामा ६० सदस्य छन्। यसमा जनमोर्चा निर्णायक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *