

कतारमा राेजगारीकाे अवसर: ३५१ नेपाली कामदारकाे माग

दाेहा – कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको (Mechanical And Civil Engineering Contractors Companey) कम्पनीले बिभिन्न ६ पदका लागि ३५१ नेपाली पुरुष कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३२ हजार देखि ३९ हजार सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
इच्छुक कामदारले (Laboure,Plumber,Carpenter,Mason, Reiforce, Techincian Tunnel Digging) कार्यालय ग्वार्को बुढानिलकण्ठ–६ हात्तिगौडा २०७८ साल बैशाख ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।