

अमेरिकामा २४ घण्टामा ७७ हजार ३६० ले जिते संक्रमण

काठमाडौं – अमेरिकामा २ करोड ३५ लाख ८६ हजार ७९६ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७७ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८७३ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ६४ हजार १३८ पुगेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ६२ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड १० लाख ९७ हजार १५४ पुगेको छ ।