

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको हो ।
यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमेरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारत बाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमेरिकी डलर सम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नुहुनेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।