एउटै मञ्चबाट कांग्रेस नेताद्वय देउवा र पौडेलको फरक मत

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारमा जाने र नजाने विषयमा विवाद देखिएको छ ।

बुधबार चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव आएमा जिम्मेवारीबाट आफू नभाग्ने बताइरहेकै बेला सोही कार्यक्रममा अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् ।

पार्टीको चरम आन्तरिक विवादबाट प्रभावित वर्तमान केपी शर्मा ओलीको सरकारको बर्हिगमन हुने अनुमानसँगै कांग्रेस नेताहरुले सत्ता नेतृत्वको सम्बन्धमा विभिन्न अभिव्यक्तिहरु दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादको नतिजास्वरुप केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि नयाँ नेतृत्वका बारेमा विभिन्न अभिव्यक्तिहरु आइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुबीच फरक अभिव्यक्ति आएका हुन ।

चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकार नेतृत्वका लागि प्रस्ताव आएमा आफूले स्वीकार गर्दै जिम्मेवारीबाट नभाग्ने बताएका थिए भने सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताएका छन् । पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु पर्ने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *